📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मृतावस्थामा फेला

🕒 August 4, 2022

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताउनुभयो । “घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ ।”

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताउनुभयो । हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गर्नुभयो । “बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ”, उहाँले भन्नुभयो, “किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ । यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन ।” हिङ्माङका श्रीमती र एक छोरा छन् । उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ ।