📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ब्रिटिस रेडक्रसद्वारा मर्यादा तथा स्वच्छता सामग्री सहयोग

🕒 August 9, 2022

ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको

छ ।

ती सामग्रीमा मर्यादा र स्वच्छता सामग्री क्रमशः एक हजार तीन सय÷ एक हजार तीन सय सेट छन् । ब्रिटिस रेडक्रसका नेपाल प्रमुख कृति रेले ती सामग्री नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई सोमबार हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा ब्रिटिस रेडक्रसका नेपाल प्रमुख रेले विपद् तथा महामारीबाट प्रभावित भई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरणका लागि नेपाल रेडक्रसलाई आवश्यक सामग्री सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् प्रतिकार्यका लागि सामूहिक प्रयास आवश्यक हुन्छ । समुदायको विपद् उत्थानशीलताका लागि क्षमता बढाउन ब्रिटिस रेडक्रसले नेपाल रेडक्रसलाई निरन्तर सहयोग गरिराखेको र आगामी दिनमा यस्ता सहयोग जारी रहने छ ।”

नेपाल रेडक्रस कार्यकारी निर्देशक ढकालले ब्रिटिस रेडक्रसबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै प्राप्त सामग्री तत्कालै बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाउने जानकारी दिनुभयो ।