📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

राससकर्मी भण्डारी र रेग्मी सम्मानित

🕒 August 10, 2022

नेपाल प्रेस युनियन पाल्पाले दुई राससकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ । रासस केन्द्रीय कार्यालयमा कार्यरत जीवन भण्डारी, रामपुर पाल्पाका समाचारदाता सुशीला रेग्मी र कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाई सम्मान गरेको हो ।

गत साउन ६ र ७ गते हेटौँडामा भएको नवौँ महाधिवेशनमा निर्वाचित पाल्पाली पत्रकार उपाध्यक्षद्वय भण्डारी (उपत्यका उपाध्यक्षतर्फ), अर्याल (लुम्बिनी प्रदेशतर्फ) र केन्द्रीय सदस्य सुशीला रेग्मीलाई बधाई शुभकामना दिँदै सम्मान गरेको प्रेस युनियन शाखाका सभापति भरत शर्माले बताउनुभयो ।

केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित हुनुभएका पाल्पाका भण्डारी विगत लामो समयदेखि काठमाडौँमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । राससको उपसम्पादकसँगै विभिन्न सञ्चारमाध्यममा आवद्ध हुनुहुन्छ । केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित हुनुभएका अर्याल दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आउनुभएको छ । उहाँ कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादकसमेत हुनुहुन्छ ।

यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भई सम्मानित हुनुभएकी रेग्मी रामपुरमा रहेर लामो समयदेखि राससलगायतका विभिन्न सञ्चारमाध्यममा आवद्ध रही पत्रकारिता गर्दै आउनुभएको छ । लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सम्मान गर्दै पत्रकार निष्पक्ष भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो । पत्रकार स्वतन्त्र भएकाले कुनै व्यक्तिका रुपमा प्रयोग नहुन मन्त्री रानाले अनुरोध गर्नुभयो । उहाँले लोकतन्त्रको संस्कार बोकेका पत्रकारले सही र सत्यतथ्य समाचारका लागि सोही ठाउँमा आफ्नो कलमलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।