📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

वैकल्पिक मार्ग प्रयोग

🕒 August 11, 2022

पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको
छ । माझगाउँ– बनुवा घुम्ती खण्डमा मङ्गलबार राति गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात चालुु गराइएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूकेतर्फको ग्रामीण सडक प्रयोग गराइएको हो ।

आम भञ्ज्याङदेखि पालेको वन, सिम्ले तारूके हुँदै धारापानी पुगेर पुनः पासाङल्हामु मार्गमा जोडिने सो ग्रामीण सडक साँघुरो भएकाले जीप, कार, मोटरसाइकलजस्ता स–साना सवारीसाधन मात्र गुढाउन सवारी चालकलाई अनुरोध गरिएको छ । गोसाइँकुण्डका यात्रुलाईसमेत सोही ग्रामीण सडकबाट ओहरदोहर गराइ धार्मिकयात्रा सफल गराइएको बताइएको छ ।बोगटीटार नजिक पालेको वन सालघारी मोडबाट पासाङल्हामु मार्ग छोडी पूर्वतर्फको सिम्ले– भोर्ले सडकलाई पच्छ्याई सिम्ले गाउँ, डौडरेखोला, साँधिखोला, थुम्को, बेलचौर तारूके, कदमघारीहुँदै पुनः पासाङल्हामु मार्गमा जोडिने बताइएको छ । पासाङल्हामु मार्गको बनुवा खण्डमा पहिराले सडक क्षति बनाएपछि चीनबाट आयात भएका मालसामानको ढुवानी रोकिएका छन् ।

चीनसङगको व्यापार व्यवसाय अभिवृद्वि गर्ने उत्तरी रसुवागढी नाकाबाट हुने कारोबारमा सहजताको लागि तत्काल सडक मार्ग सञ्चालन गराउन प्रजिअ जैसीले सडक डिभिजन कार्यालयका प्रविधिकलाई आग्रह गरिसक्नुभएको छ ।डाईभर्सन गर्ने स्थान नभएका कारण सोपहिरो गएको स्थानमा ग्याबिन पर्खाल निर्माण गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ ।