📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पसल फोडी सामान चोरी गर्ने पक्राउ

🕒 August 17, 2022

पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच कार्टुन, टेबुल पङ्खा लगायतका रु सात लाख ६५ हजार मूल्य बराबरको सामान चोरी भएको थियो । चोरिएका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

जिल्लाका बर्दिबास र गौशाला बजारमा पसल चोरी हुने क्रम बाक्लिएको जनाइएको छ । यसअघि साउन चौथो सातामा मोटरसाइकल चोर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ । सो गिरोहबाट प्रहरीले हालसम्म चार चोरीका मोटरसाइकल बरामद गरिसकेको छ ।