📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

🕒 August 17, 2022

भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ ।

महानगरको ११औँ नगरसभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशब महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो । समितिका सदस्य सचिव महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पुरानो बेरुजु धेरै छ । नगरपालिका स्थापनादेखि हालसम्म आइपुग्दा बेरुजु रु एक अर्ब भन्दामाथि छ ।

पछिल्लो पटक जनप्रतिनिधि आएपछि पाँच वर्ष यताको बेरुजु भने रु १२ करोड हाराहारी मात्र छ । सो रकममध्ये धेरै नियमित गर्ने बेरुजु रहेको उहाँ बताउनुहुन्छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७÷७८ को राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा भरतपुरको बेरुजु ६ महानगरमध्ये सबैभन्दा कम थियो । अर्यालयका अनुसार भरतपुरको ० दशमलव ५६ प्रतिशत बेरुजु थियो भने बढी हुने विराटनगरको १६ दशमलब ५७ प्रतिशत रहेको थियो । महानगरले हाल भएको बेरुजुको अध्ययन गर्ने र नियमित प्रकृतिको बेरुजुलाई फछर्यौट गर्ने गरी तयारी गरेको छ ।

समितिले तयार पारेको बेरुजुको फछर्याैट गर्न कार्यापालिका बैठकमा पेस गर्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीले पुनःअवलोकन गरी फछर्यौट गर्दछ । लेखा समितिले महानगरभित्र निर्माणधीन सडक पूर्वाधार, तटबन्ध र मोज्याक टायल विच्छयाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने काम अघि बढाएको छ । लेखा समितिको क्रियाशीलताले बेरुजुमा कमी आउने, पारदर्शीता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताउनुभयो ।

अर्यालले बेरुजु तत्काल फछर्याैट गर्ने परिपाटीको विकासकै कारण बेरुजु कम भएको बताउनुभयो । ऐन, नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फछर्याैटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उहाँको भनाइ छ । कम भएको बेरुजुलाई पनि फछर्यौट गर्नुपर्ने भन्दै महानगरपालिकाले क्रियाशीलता बढाएको हो ।
महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शीतामा महानगर अग्रणी रहेको भन्दै बेरुजु फछर्यौट गर्न समितिले काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जवाफदेहीता, पारदर्शीता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको उहाँ बताउनुहुन्छ ।