📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह

🕒 August 17, 2022

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।

विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौँका सङ्ख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन् । प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिएपछि मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारी उपस्थिति रहेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिनुभयो ।