📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

🕒 August 17, 2022

सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित सो कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठस्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई प्रदान गर्ने जानकारी दिनुभएको थियो ।

प्रदेश सरकारले गत फागुन २४ गते यातायात व्यवस्था सेवा कार्यालय राजविराजमा स्थापना गर्ने निर्णय गरेको थियो । सेवा कार्यालयका प्रमुख शशि यादवले यातायातसम्बन्धी कामका लागि सप्तरीका सेवाग्राहीलाई सिरहाको लहान जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाललाई कार्यालयबाट सवारीधनी प्रमाण र सवारीचालक प्रमाणपत्रको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास रुट अनुमति, पटके सेवा अस्थायी रुट अनुमति र यातायात सेवा पञ्जीकृतजस्ता सेवा प्रवाह गरिनेछ ।
हाल मधेस प्रदेशमा पर्साको वीरगञ्ज, सिरहाको लहान, धनुषाको जनकपुरधाममा यातायात व्यवस्था कार्यालय रहेको छ भने रौतहट, बर्दिबासमा सो सेवा कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ ।