📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

भङ्गाहको नगरसभा हुन सकेन

🕒 August 18, 2022

आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि महोत्तरीको भङ्गाह नगरपालिकाको नगरसभा हुन सकेको छैन ।कार्यपालिकामा पार्टीको बहुमत नहुँदा सो नगरले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम समेत ल्याउन सकेका नसकेको हो । प्रत्येक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहीआएको छ । नगर प्रमुख लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सञ्जीवकुमार साह निर्वाचित हुनुभए पनि कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ ।
वडा नं ४ का वडाध्यक्ष गणेश महतो नगरप्रमुख साहका कारण अहिलेसम्म नगरसभा तथा बजेट विनियोजन हुन नसकेको आरोप

लगाउनुभयो । कार्यपालिका सदस्य विजयकुमार मण्डलले करारका कर्मचारीले अहिलेसम्म तलब नपाएको बताउनुभयो । नगर प्रमुख साहले स्थानीय तहमा बहुमत र अल्पमतको विवाद ल्याउन नहुने बताउनुभयो ।