📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

परिवारका सबै सदस्य अपाङ्गता परिचयपत्रको भरमा

🕒 August 19, 2022

धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे ।

पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उहाँको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उहाँको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन् । उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन् । आमालाई क्यान्सर रोगसमेत छ । लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ ।

दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्नुहुन्न । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । “सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु ।”

बुबा बाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाउनुभयो । गत साउन २९ गते सबैजनाको अपाङ्गता परिचयपत्र बनाएको उहाँले बताउनुभयो । “सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ”, उहाँले भन्नुभयो । अपाङ्गता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गााको भनाइ छ । आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाउनुभएको छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ ।