📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ कार्यान्वयन गर्नुपर्ने माग

🕒 August 22, 2022

‘मुक्त कमैया, कम्लहरी, हलिया र हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ को कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले हरुवाचरुवा पुनःस्थापना तथा कमैया कमलरी तथा हलिया अझै पुनःस्थापना नसकेको भन्दै उनीहरुको पुनःस्थापनाका लागि प्रतिवदेन कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

संविधानसभा सदस्य श्याम श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले हालै सरकारलाई प्रतिवेदन बुझाएको छ । आरडिएनले आज विज्ञप्ति जारी गरी एक कार्यान्वयन संरचनाको गठन गरी आगामी निर्वाचनपूर्व मुक्त हरुवाचरुवाको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।

“आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रियतापूर्वक त्याग गर्नुभयो त्यसैगरी पुनःस्थापनाको आन्दोलनमा अझ सशक्तरुपमा एक भएर लाग्न मुक्त हरुवाचरुवा, हलिया तथा कमैया र कम्लरी आन्दोलनका अगुवालाई आह्वान गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

विसंं २०५७ भदौ ६ गते दलित समुदायका बहुआयामिक समस्याको दीर्घकालीन समाधानका लागि ‘जातीय छुवाछूत र भेदभावविनाको अर्को नेपाल सम्भव छ, आउनुहोस् निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ सो संस्था स्थापना गरिएको थियो ।