📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

आयोजनाबाट असर पर्नसक्ने स्थानीयवासीलाई इष्टर्न हाईड्रपावरको आइपिओ खुला

🕒 August 23, 2022

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड बीस लाख मूल्य बराबरको छ लाख बीस हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो ।आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन
सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।साथै एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि शेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।