📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

भारी वर्षाले सडकको भल गाउँ पस्यो

🕒 August 25, 2022

भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।

चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिनुभयो । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अन्नपात र लत्ताकपडा पनि कामै नलाग्ने भएको उहाँहरुले बताउनुभयो ।

“बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन”, वडाध्यक्ष भण्डारीले भनुभयो, “थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ ।”

नीलकण्ठ–१२ कै आलडाँडाभन्दा माथिबाट सडकमा जम्मा हुँदै आएको भल ह्युमपाइपले नधानेपछि सडक र बारीका कान्ला भत्काउँदै बस्तीमा ओइरिएको स्थानीयवासीले बताएका छन् । लेदो, माटो, ढुङ्गासहितको भलले बिजुलीका खम्बामा पनि क्षति पुगेको छ ।

एउटा बिजुलीको खम्बा ढलेर सावित्री ढकालको घरको कर्सामा अड्किएको छ । उता नीलकण्ठ–१२ कै केउरेली खोल्सामा आएको भलले पारस लम्सालको गोठ भत्काएको छ । केही घरमा पनि पानी पसेको छ । आसपासका खेतमा लगाइएको धान नस्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।