📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

विश्वविद्यालय घट्नाबारे एमालेको ध्यानाकर्षण

🕒 August 29, 2022

नेकपा (एमाले) ले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमालेका सांसदहरुले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता प्रदीप ज्ञवालीले पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

उहाँले विश्वविद्यालयका प्राध्यापकलाई कुटपिट गर्नेमाथि प्रहरीले संरक्षण गर्ने, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिनेजस्ता कार्यले स्वदेशभित्रको उच्च शिक्षा खस्कँदो र अध्ययनका नाममा पुँजी पलायन हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री ज्ञवालीले तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि विश्वविद्यालको हालत के होला भन्ने प्रश्न गर्दै विद्यार्थीलाई सुरक्षा र प्राज्ञिक स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा यस्ता व्यवहारले शैक्षिक उन्नयन कसरी हुन्छ भन्ने चिन्ता व्यक्त गर्नुभयो ।

सभामुखको रुलिङ

सांसद ज्ञवालीले विश्वविद्यालयमाथिका यस्ता घटनाबारे सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने जनाएर एमालेका सबै सांसद आआफनो स्थानबाट उठेपछि सभामुख सापकोटाले उक्त समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिनुभयो । तत्पश्चात् बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।