📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

इसानको निबन्ध प्रतियोगितामा अर्याल प्रथम

🕒 September 5, 2022

संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले सञ्चालन गरेको ‘इसान कृष्टिना अन्तरविद्याय निबन्ध लेखन प्रतियोगितामा हिशृङ्खला एकेडेमीका मेघा अर्याल प्रथम हुनुभएको छ । प्रतियोगितामा गोकर्ण माविका अञ्जिला थापा र टाइमलाइन स्कुलका सैमा शेर्पा क्रमशः द्वितीय र तृतीय हुनुभएको छ ।

एसइई उत्तीर्ण विद्यार्थीको सम्मान र प्रतियोगिताका विजयीलाई पुरस्कार वितरणबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा इसानका कार्यबाहक अध्यक्ष मदनराज रेग्मीले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार दिइने जानकारी दिनुभयो ।

इसानका महासचिव गणेशप्रसाद खतिवडाले यही भदौ २२ गते हुने कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलबाट विजयीलाई पुरस्कृत गरिने जनानुभयो । कार्यक्रममा नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिताका विजयी तथा विभिन्न ५० निजी विद्यालयको सहभागिता हुने जनाइएको

छ । सो अवसरमा इसानमा आबद्ध विद्यालयबाट एसइईमा जिपिए चारसहित उत्कृष्ट ग्रेड ल्याउने ५२ विद्यार्थीलाई सम्मान गरिनेछ ।

इसानका पूर्वअध्यक्ष राजकुमार श्रेष्ठले सरकारले नयाँ पाठ्यक्रम र परीक्षाका नीति लागू गर्दा उचित परामर्श र तयारी गर्नुपर्ने बताउनुभयो भने अर्का पूर्वअध्यक्ष बालमुकुन्द कार्कीले निजी विद्यालयले तोकिएबमोजिम कर तिर्दै आएको तर सकारबाट कुनै सहुलियत नपाएको गुनासो गर्नुभयो ।