📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय

🕒 September 6, 2022

अरनिको यातायात प्रालिले बसमा यात्रा गर्दा दुर्घटना परेर अङ्गभङ्ग भएर घाइते भएकालाई आजीवन एक हजार ५०० भत्ता दिने भएको छ ।

समितिका सचिव तथा प्रवक्ता प्रभुराम थापाका अनुसार नवनिर्वाचित समितिको पहिलो बैठकले व्यवसायी भलाइ कोषमा क्रियाशील सदस्यको मृत्यु हुँदा रु पाँच लाख क्षतिपूर्ति दिनेमा त्यसलाई बढाएर रु १० लाख बनाएकोसमेत प्रवक्ता थापाले बताउनुभयो ।

अरनिको यातायातका कर्मचारी बहालवाला रहेकै अवस्थामा अचानक निधन भएका खण्डमा रु तीन लाख दिने निर्णय बैठकले गरेको छ । मजदुर, चालक, सहचालकको रु पाँच लाखको दुर्घटना बीमाबापतको रकम दिने गरेकामा बैठकले रु १० लाख बनाउने निर्णय गरेको प्रवक्ता थापाले जानकारी दिनुभयो । समितिले दसैँ, तिहार लक्षित गरेर यही भदौ २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । अरनिको यातायातले काठमाडौँ पूर्वका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछापलगायतका जिल्लाका दुरदराजसम्म यातायात सेवा प्रदान गरिरहेको छ ।