📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा स्टाफ कलेजको निरीक्षण भ्रमण

🕒 September 6, 2022

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिने भ्रमणमा रहनुभएका भारतीयस्थल सेनाध्यक्ष मनोज पाण्डेले आज शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा स्टाफ कलेजमा आयोजित अन्तक्र्रियात्मक समारोहमा उहाँ सरिक हुनुभएको थियो । आजै अपरान्ह ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साँझ हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेका नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले मौसमले साथ दिएमा बुधबार बिहान मुक्तिनाथको दर्शन गरी कास्कीको पोखरास्थितमध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम छ । त्यसपछि अपरान्ह वसन्तपुरस्थित काठमाडौँ दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण सकेर उहाँ स्वदेश फर्कनु हुने जनाइएको छ ।

प्रधानसेनापति शर्माको निमन्त्रणामा आइतबार नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो । त्यसअघि उहाँले नेपाली सेनालाई भारतबाट सहुलियतपूर्ण रुपमा आएको रु २२ करोड ३८ लाख बराबरको सैन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।