📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

चेपाङ सङ्घमा गोविन्दराम

🕒 September 9, 2022

नेपाल चेपाङ सङ्घको पाँचौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा गोविन्दराम चेपाङ विजयी हुनुभएकोछ । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी हुनुभएको हो । गोविन्दरामले एक सय २३ मत प्राप्त गर्दा सुनिमायाले ९२ मत प्राप्त गर्नुभयो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बिलबहादुर चेपाङ एक सय १५ मतसहित विजयी हुनुभएको छ । अर्का प्रत्यासी कृष्णबहादुर चेपाङले ८१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सुमित्रा चेपाङ एक सय २३ मत र महासचिवमा सन्तबहादुर चेपाङ एक सय १६ मतसहित विजयी हुनुभयो । सचिवमा सुरेन्द्र चेपाङ एक सय १९ मत र भरतलाल चेपाङ एक सय १२ मतसहित विजयी हुँदा कोषाध्यक्षमा आइतलाल चेपाङ निर्विरोध हुनुभएको छ ।

यसैगरी मकवानपुरबाट छ जना, धादिङबाट पाँच जना, गोरखाबाट तीन जना र लमजुङ एवं तनहुँबाट एक–एक जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनबाट सात जना सदस्य भने निर्वाचन प्रक्रियाबाटै चुनिनुभएको छ । उक्त समिति ३५ सदस्यीय रहेकामा ३० जना निर्वाचित हुनुभएको हो । यस समितिमा पाँच जना भने पछि मनोनित हुनेछन् । नेपालमा चेपाङ समुदायका नागरिकको सङ्ख्या ६९ हजार दुई सय ३३ छ । यसअघि चैत ३ गते उद्घाटन भएको महाधिवेशन विशेष कारणबाट रोकिएको थियो ।