📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

छ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र

🕒 September 11, 2022

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८÷७९ मा छ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ ।

कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोशी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई सो इजाजतपत्र वितरण गरिएको हो ।

कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोशी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रष्ठिान सो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा रहेका छन् ।

सोअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र दुई सय ३९ ट्याङ्करको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा रु एक करोड २० लाख ४६ हजार आठ सय ८१ राजश्व सङ्कलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ ।