📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह

🕒 September 11, 2022

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका लागि हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह गरेको छ । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) वा सम्बन्धित निकायमा आवद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने महासङ्घले माग अघि सारेको हो ।

महासङ्घले आफ्नो आठौं स्थापना दिवसका अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९’ शुभकामना तथा ध्यानाकर्षण गराइएको हो । महासङ्घले उक्त क्षेत्रको बृहत्तर विकासका लागि बुँदागत रुपमा ध्यानाकार्षणसमेत गराएको हो ।

नेपालमा हाल उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण तथा आवश्यक्ताअनुसार योजना बनाइ कार्यान्वयन गर्नुपर्ने महासङ्घले माग अघि सारेकोे छ ।

तालिम नभइ रोजगारीको सिर्जना गर्न नसकिने उल्लेख गर्दै विदेश जानेहरु पनि दक्ष नबनी जादाँ न्युनतम पारिश्रमिक लिन बाध्य भएको महासङ्घको ठहर छ । तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको भन्दै महासङ्घले अनिवार्यरुपमा तालिम दिएर मात्रै दक्ष जनशक्ति तयार गरी विदेश पठाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ ।

नेपालमा हाइड्रो, सडक निर्माणका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको यथार्थसमेत महासङ्घले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै देशैभर हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गरिनुपर्ने महासङ्घको भनाइ छ ।

यसैगरी महासङ्घले देशका सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोही अनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

महासङ्घका अध्यक्ष अच्युत नेपालले एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिक हकका रुपमा सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । महासङ्घ नेपालमा विद्यमान रहेको बेरोजगारी, गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने उहाँको भनाइ छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्ता महासङ्घका अध्यक्ष चन्द्र साउदले शुभकामना दिनुभएको थियो ।