📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

रकम कम आउँदा सेवाग्राहीले पाएनन् पूरा रकम

🕒 September 11, 2022

कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएकोे छ ।
आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो । आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम कम आएका कारण सेवाग्राहीहरुको बैंक खातमा कम रकम गएको उक्त नगरपालिकाले जनाएको छ । उक्त भत्ता पाउने सेवाग्राहीहरुका लागि रु पाँच करोड ६७ लाख आउनुपर्ने थियो तर झण्डै ५२ लाख ४३ हजार आठ सय ७७ रुपैयाँ अपुग अर्थात पाँच करोड १४ लाख रुपैयाँ मात्रै नगरपालिकामा आएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख खेमराज बिनाडीले बताउनुभयो । “हामीले माग गरेको रकमअनुसारको भुक्तानी नहुँदा सेवाग्राहीहरुले कम रकम पाएका छन् । त्यसका लागि नगरपालिकाबाट हामीले गर्ने सबै प्रक्रिया पूरा गरिसकेका छौं ।” उहाँले भन्नुभयो, “संघीय सरकारबाट कम रकम निकासा भएका कारण सेवाग्राहीहरुका खातामा कम रकम गएको बुझिएको
छ । अपुग अर्थात् कम परेको रकम अब आउने सामाजिक सुरक्षा भत्तामा बढेर आउने हो ।” शाखाप्रमुख बिनाडीले भत्ताको रकममा स्थानीय र प्रदेश सरकारको कुनै पनि भूमिका नरहने तर त्यसको सम्बन्ध संघीय सरकार र कोलोनिकामा रहने भएकाले स्थानीय सरकारले रकम खायो भन्ने कुरा निराधार भएको बताउनुभयो ।
सेवाग्राहीले फारम दर्ता गरेको आधारमा पनि सबैले पाउनुपर्ने रकम बराबर नआउने उल्लेख गर्दै उहाँले भन्नुभयोे, “चैतमा दर्ता गरिएकोे छ भने उसको वैशाखबाट भत्ता आउन सुरु हुन्छ भने वैशाखमा दर्ता गरेकाको जेठबाट सुरु हुन्छ । सेवाग्राहीहरुले कसैको बढी पैसा आए आफ्नो कम आए पनि शङ्का गर्ने गरेका छन् । त्यो हाम्रो कारणले भएको होइन ।”
नगर प्रमुख केवल चौधरीले अहिले जनप्रतिनिधि र कर्मचारीहरुले मिलेर सामाजिक सुरक्षा भत्ताको पैसा खएको भन्दै आफूमाथि आरोप लगाएको र त्यो आरोप निराधार भएको बताउनुभयो । “अहिले केही समूहले जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता खाएको अपुष्ट खबर नागरिकमा छरेर राजनीतिक दुनो सोझ्याउने काम गरिरहेका छन् ।” उहाँले भन्नुभयो, “तर सामाजिक सुरक्षा भत्ताको रकम कस्तो हुन्छ भन्नेसम्म हामीलाई थाहा छैन ।”