📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कुमाल समुदायको पेशा जोगाउँदै नगरपालिका

🕒 September 12, 2022

जिल्लाको रास्कोट नगरपालिकाले कुमाल समुदायको पेशा जोगाउन तीनमहिने तालिमको आयोजना गरेको छ । कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा रहेको माटाको भाँडा बनाउनका लागि तालिमको आयोजना गरिएको हो ।

नगरपालिकाले कुमाल समुदायको पेशाको रक्षाका लागि तीनमहिने तालिम सुरु गरेको नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो । पछिल्लो समय युवापुस्ताले आफ्नो परम्परागत पेशालाई बिर्सदै गएकाले युवापुस्तालाई पेशाप्रतिको आत्म विश्वास दिलाउन नगरपालिकाले तालिम आयोजना गरेको उहाँको भनाइ छ ।

नगरपालिकाले कुमाल समुदायले माटोबाट निर्माण गरेका भाँडाको बजारीकरण गर्ने पनि जिम्मा लिने नगरपालिकाले जनाएको छ । कुमालले माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका बस्तु बनाउने गर्दछन् ।

कुमाल समुदायको तीन सय १६ घरधुरी रहेको कुमालवाडामा अहिले एकै जनाले पनी यो पेशा गरेका छैनन् । करिब एकदशकदेखि यो समुदाय यो पेशाबाट विस्थापित बनेपछि नगरपालिकाले उनीहरुको पेशा संरक्षणका लागि विशेष पहल थालेको हो ।

स्थानीय मनसिङ्गे कुमालका अनुसार माटो, दाउराको अभाव र युवापुस्ता पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्थामा आएकोे छ । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् । पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि सङ्कटमा परेको हो ।