📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कानुन विपरीत निकालिएका नदीजन्य बस्तु लिलाम गरिने

🕒 September 13, 2022

पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्न सोमबार नाप जाँच गरेको छ ।

पर्वतको वारी बेनीदेखि दमुवा खोलासम्म अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवा लिलाम बिक्री गर्न लागत अनुगमन गरिएको उक्त गाउँपलिकाका उपाध्यक्ष एवं अनुमगन टोलीका संयोजक दीपक आचार्यले बताउनुभयो ।

साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत उत्खनन् गरिएको बालुवा लिलाम बिक्री गर्न गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, जिसस र पालिका इञ्जिनीयर, सुरक्षाकर्मीलगायत उपस्थितमा किनारमा थुपारिएको नदीजन्यबस्तु नापजाच गरी प्राप्त प्रतिवेदनलाई कार्यपालिकाको बैठकले लिलाम बिक्रीका लागि प्रक्रियाअघि बढाउने भएको छ ।

गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजर सिल गरिएको थियो । वर्षात्को समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्दै बेच्ने गरेका छन् । राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरीत ठेक्का नलागेको ठाउँमा पनि उपकरण प्रयोग गरेर अवैधरुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरीत नदीजन्यबस्तुको उत्खनन् बढी देखिन्छ ।