📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मेलम्चीमा खेल गतिविधि बढ्दो

🕒 September 13, 2022

चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ ।

सिन्धुपाल्चोकको मेलम्ची–७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योङ स्टार युवा क्लब मेलम्ची–७ को आयोजनामा हुने उक्त प्रतियोगिता यहीँ असोज १३ देखि असोज १५ गतेसम्म दुवाचौर खेल मैदानमा हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ७० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ः ४० हजार, २० हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर रु तीन हजार लाग्ने संयोजक जयबहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडी धेरै रहेकाले युवा खेलाडीको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक तामाङले बताउनुभयो ।

यता मेलम्ची–४ थकनीमा सेभेन ए साइड प्रथम फुटबल प्रतियोगिता हुने भएको छ । थकनी युथ क्लबको आयोजनामा असोज १२ देखि १६ सम्म ओख्रेनीचौर खेल मैदानमा खेल हुने आयोजकले जानकारी दिएको छ । प्रथमले रु ५० हजार दोस्रोले रु २५ हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने वडा सदस्य कमल लामाले बताउनुभयो । खेल नकाउट चरणमा खेलाइने बताइएको छ । टिम दर्ता असोज ९ गतेसम्म गर्न सकिने छ ।

मेलम्ची–७ दुवाचौरमा नगरकप भलिबल असोज पहिलो साताबाट गरिने स्थानीय क्लबले जनाएको छ । चाँडवाडमा मात्र आयोजना हुने यस्ता खेलकुद प्रतियोगिता स्थानीय तहले विनियोजन गरेको बजेट सक्न मात्र काम हुने भएकाले खेल क्षेत्र र खेलाडीको भने विकाश नहुने खेलाडी मनोज तामाङले गुनासो गर्नुभयो ।