📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन’

🕒 September 13, 2022

मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिकीकरण कार्यक्रममा उहाँले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय हो भन्नुभयो ।

प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रष्ट्याएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “भौतिक विकासमात्रै विकास होइन,समाजिक रुपान्तरण र पर्यावरण संरक्षणसहितको विकाको मूल लक्ष्य हुनुपर्छ ।” मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उहाँको भनाइ थियो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, मधेस कृषि विश्वविद्यालयका रजिष्ट्रार डा भगवान् ठाकुर, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।