📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

निलम्बित कप्तान लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

🕒 October 10, 2022

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो ।

प्रहरीले आज लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो । म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गर्नुभएको अधिवक्ता शक्ति पाठकले जानकारी दिनुभयो ।

अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएको र नाबालिका नभएकोसमेत न्यायाधीश समक्ष राख्नुभएको छ । लामिछानेलाई पहिलो पटक म्याद थप गर्न अदालतमा लगिएको हो र दोस्रो म्याद थपका लागि यही असोज २७ गते अदालत पेस गर्नुपर्नेछ ।

लामिछानेलाई नाबालिकामाथि जबरर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो । दसँै बिदापछि आजदेखि अदालत खुलेको हुनाले म्याद थपका लागि लगेको हो ।