📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सत्यमोहन जोशीको स्वास्थ्यमा आइतबारभन्दा सुधार

🕒 October 10, 2022

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले राससलाई जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणपछि उहाँमा डेङ्गु पुष्टि भई उपचार भइरहेकामा आइतबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको हो ।

भर्ना भएको सात दिनमा जोशीको स्वास्थ्य सुधार आएको थियो । कमजोरीका कारण उहाँ अस्पतालमै बसेर उपचार गराइरहनुभएको थियो । १०औँ दिनमा उहाँले कम खाना खान थाल्नुभएको थियो । जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आइतबारदेखि नै दैनिकरुपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ । एक सय तीन वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।