📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सहकारीले महिलालाई व्यवसायी बनायो

🕒 October 11, 2022

घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा
छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् ।

घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गर्नुभएकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लाग्नुभएको छ । उहाँले रु पाँच लाख लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गर्नुभएको छ । एउटा खसीलाई रु २० देखि २५ हजारमा बिक्री गर्ने गरेको उहाँँले बताउनुभयो ।

भर्खरै सकिएको दसँैमा रु दुई लाखको खसीबोका बिक्री गरेको उहाँ बताउनुहुन्छ । उहाँले घोराही–६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट रु. दुई लाख पचास हजार ऋण लिएर व्यवसाय सुरु गर्नुभएको हो । “सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जानुभएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौँ ।”

घोराही– ६ चैनपुरकी शोभा वलीले विसं २०७५ देखि बाख्रा पाल्न सुरु गर्नुभएको हो । अहिले उहाँँसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दसँैंमा उहाँले रु दुई लाख २० हजारको खसी बिक्री गरेको र यस वर्ष पनि दसँैंमा पाँच खसी बिक्री गरेर रु एक लाख ६० हजार आम्दानी गरेको बताउनुभयो ।

बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उहाँ बताउनुहुन्छ । उहाँको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उहाँले सुनाउनुभयो ।

“सबैले मिलेर घरको काम गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौँ, बाख्रालाई खुवाउन सजिलो भएको छ ।” बाख्रापालनमा खासै लगानी गर्नुनपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उहाँको भनाइ छ । घोराही–६ की गीता घर्तीले पनि व्यावसायिक बाख्रापालनमा लाग्नुभएको छ ।

दसँैं तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । यस वर्षको दसैँमा रु एक लाख १० हजारको खसी बिक्री गरेको बताउनुभयो । उहाँसँग अहिले पनि ४५ बाख्रा छन् । वर्षमा रु चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ । “पहिलेकोभन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले कमाइ राम्रो भएको छ, घरछेउको दुईकट्ठा खेत जोडेको छु ।”

चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ऋण लिएर सुरु गरेको बाख्रापालन व्यवसायले प्रशस्त आम्दानी दिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नभयो, “अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।”

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही– ६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताउनुभयो । शेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उहाँको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

अहिले सहकारीमा एक हजार तीन सय ६७ जना सदस्य छन् । जसमा सात सय २६ जना महिला, छ सय ३७ जना पुरुष र ८० सङ्घ सस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पु¥याउन सकिएको बताउनुभयो । सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गर्नुभएको देख्दा खुसी लाग्ने गरेको उहाँ बताउनुहुन्छ । कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताउनुभयो ।