📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘कतिपयले सहानुभूति राख्छन् कतिपयले खिल्ली उडाउँछन्’

🕒 October 13, 2022

विहानको झुलमुले उज्यालोसँगै मतदाताको घरघरमा पुग्नु र मत माग्नु आजभोलि दुर्पता सोमैको दैनिकी बनेको छ । आगामी मङ्सीरमा हुने निर्वाचनमा पाल्पा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधिसभामा उमेदवार हुनुभएकी उहाँ जिल्लाको एक्लो महिला उम्मेदवार हुनुहुन्छ । “बिहानैदेखि घरघर जान्छु, मेरो योजना सुनाउँछु, भोट माग्छु”, उहाँ भन्नुहुन्छ, “कतिपयले सहानुभूति राख्छन् कतिपयले खिल्ली उडाउँछन् ।”

प्रतिनिधिसभाको लागि दुई र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको जिल्लामा दल र स्वतन्त्र गरी ४७ जनाले उमेदवारी दर्ता गराएका छन् । यसमा सोमै एक्ली महिला उमेदवार हुनुहुन्छ, “अरु दलहरुले महिलालाई उमेदवार नबनाएको देख्दा दुःख लाग्यो”, उहाँभन्नुहुन्छ, “महिला अधिकारका चर्का नारा लगाउने दलहरुले नै महिलालाई नेतृत्वमा पुग्न दिँदैनन् ।” जनता समाजवादी पार्टीको जिल्ला सदस्यसमेत रहनुभएकी सोमै सोही पार्टीबाट उमेदवार हुनुहुन्छ । “पार्टीले महिलालाई प्राथमिकता दिएकै छ, हामीले स्थानीयतहको निर्वाचनमा उमेदवारी दिएका दियौँ”, उहाँ भन्नुहुन्छ, “जति भोट आउँला, नजिते पनि महिलालाई स्थान चाही दिएको छ ।”

विसं २०७२ देखि जसपामा आबद्ध भई राजनीतिमा होमिनुभएकी सोमैको यो पहिलो उमेदवारी हो ।

जसपाका जिल्ला उपाध्यक्ष हेमबहादुर सोमै, महिलालाई प्राथमिकता दिएर चुनाव लड्ने पार्टीकै एजेण्डा भएको बताउनुहुन्छ, महिलाले सक्दैनन् भन्ने हटाउन पनि महिलालाई प्राथमिकता दिएको सोमैको भनाई छ ।

क्षेत्र नं २ बाट छैटौँ पटक निर्वाचनमा होमिनुभएका पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेय र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य ठाकुर गैरे पनिसँगै चुनावी मैदानमा हुनुहुन्छ । राजनीतिक दलहरुबाट १२ जना र स्वतन्त्रबाट तीन जना गरी १५ जनाले प्रतिनिधिसभाको उमेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार गठबन्धनबाट पाण्डेय, एमालेबाट गैरे, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मनबहादुर दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोमप्रसाद गैरे, जसपाबाट सोमै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजिन्द्रबहादुर केसी, नेमकिपा बाट शिवसुन्दर धुरम्बा, नेपालआमा पार्टीबाट ताराबहादुर खत्री, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा, राप्रपा नेपालबाट खडानन्द गैरे, जन समाजवादी पार्टीबाट देवबहादुर हिस्की, नेपाली कांग्रेस विपीबाट श्रीधर न्यौपाने र स्वतन्त्र उपेन्द्रराज गहिरे, केशरबहादुर आले, जीवलाल सुवेदी गरी १५ ले मनोनयन दर्ता गरेका छन् ।