📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

प्रदेशसभा सदस्य पदका दुई उम्मेदवार अस्पतालमा

🕒 October 13, 2022

प्रदेशसभा सदस्य पदका लागि मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा भाग लिएका मोरङका दुई उम्मेदवार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापालाई ज्वरो आएर निको नभएकाले मङ्गलबार नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । प्रदेश नं. १ को वन, वातावरण तथा भू– संरक्षण मन्त्रीसमेत रहनुभएका उहाँले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

यस्तै गठबन्धनकोतर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ (क) का लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका पूर्वकेन्द्रीय समिति सदस्य गुरूराज घिमिरेलाई डेंगु संक्रमण भएर ज्वरो आउनका साथै वाकवाकी लागेकाले यही असोज २३ गते नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो । असोज २३ गते नै उम्मेदवारी दर्ता गराउन काठमाडौबाट विराटनगर आउनु भएको उहाँ मनोनयन दर्ता गराए लगत्तै नोबेल मेडिकल कलेजमा भर्ना हुनु भएको थियो ।
उम्मेदवार थापालाई नोबेल मेडिकल कलेजको न्यूरो डिलक्स वार्डको १० नम्बर कोठामा भर्ना गरिएको छ भने अर्का उम्मेदवार घिमिरेलाई सोही वार्डको नौ नम्बर कोठामा भर्ना गरिएको गरिएको छ ।
ज्वरोले च्याप्दै लगेको र निको नभएपछि थापालाई नोबेलमा चिकित्सकको सल्लाह बमोजिम भर्ना गरिएको थियो । प्रत्यासी थापा र घिमिरेको उपचार उक्त मेडिकल कलेजका प्राचार्य एवं छाती रोग विशेषज्ञ डा. रामहरि घिमिरेको रेखदेखमा भइरहेको छ ।
डा. घिमिरेले उम्मेदवार थापाको ज्वरो आउनुका मुख्य कारण अझै पत्ता लागिनसकेकाले विभिन्न जाँचहरू भइरहेको बताउनुभयो । अर्का उम्मेदवार घिमिरेको भने स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र दुई तीन दिनमा नै डिस्चार्ज हुनसक्ने सम्भवाना रहेको उहाँले जानकारी दिनुभयो ।