📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पर्वतमा एक हजार नौ सय कर्मचारी निर्वाचनमा खटाइने

🕒 October 14, 2022

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्वतमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने भएको छ । निर्वाचनका लागि जिल्लाभरका ७४ स्थायी र दुई अस्थायी गरी ७६ मतदानस्थल कायम गरिएको छ ।

निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी, स्वयंसेवकलगायतका कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाबाट एक हजार एक सय ८४ र १० प्रतिशत जगेडा कर्मचारी गरी एक हजार तीन सय दुई जना खटाइने भएको छ भने बाँकीलाई मतदान केन्द्रमा नियुक्त गरिने भएको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी, एक सहयोगी कर्मचारी रहने

छन् ।

त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने उहाँले जानकारी दिनुभयो । पर्वतमा ७४ मतदानस्थलमा एक सय ४८ मतदान केन्द्र रहने भएका छन् । त्यसबाहेक कम्तीमा दुईवटा अस्थायी मतदान केन्द्र रहने उहाँले जानकारी दिनुभयो । जिल्ला कारागार र अर्को कुनै एक ठाउँमा अस्थायी मतदान केन्द्र राखिने भएको छ ।

यसैबीच मतदाता शिक्षा जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद सापकोटाको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय अधिकारी, सदरमुकाम रहेको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासङ्घका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्यसचिव रहेको समिति गठन गरिएको हो ।

समितिको बिहीबारको पहिलो बैठकले जिल्लाभर मतदाता शिक्षालाई प्रभाकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकास्तरमा र वडास्तरमा समिति गठन गरेर घरदैलोमै जनशक्ति परिचालन गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्णय भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।