📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने

🕒 October 19, 2022

काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले राससलाई जानकारी दिनुभयो ।

राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान निर्माणस्थलको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले स्थलगत अनुगमन गर्नुभएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमै आकर्षक उद्यान निर्माण गरिने जानकारी दिनुभयो । उद्यानको संरक्षण प्रहरी वृत्तले गर्ने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा महानगरपालिकाका विभिन्न स्थानमा अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षणको कामसमेत भइरहेको छ ।