📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

असक्तलाई घरमै स्वास्थ्य सेवा

🕒 November 8, 2022

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उहाँहरूलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो ।

गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)घरमै स्वास्थ्य सेवा अभियान सुरुआत गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी िदिनुभयो । मैवाखोला–४ साँघु ओदकबाट ६८ वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त भएका व्यक्तिका घर–घरमै पुगेर प्राथमिक स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्श सेवा सुरु भएको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत सेवाग्राहीलाई पालिकाले प्राथमिक औषधिले भरिएको एक–एक थान किट बक्ससमेत उपलब्ध गराएको मैवाखोल गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताउनुभयो । स्वास्थ्य परीक्षणमा क्रममा देखिएको स्वास्थ्य समस्याका आधारमा न्यूनतम प्राथमिक औषधिले भरिएको किट बक्स उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र रहेका ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त व्यक्तिको तथ्याङ्क एकीकृत सूची तयार गरेर प्रत्येक महिना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली घर–घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।