📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बुढाको ‘छरिएका खुसीहरु’ विमोचन

🕒 November 9, 2022

जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरु’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मङ्गलबार जुम्लामा संयुक्तरुपमा उक्त सङ्ग्रहको विमोचन गर्नुभएको हो ।

उक्त पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समाजको वास्तविक चरित्रलाई शब्द चित्रद्वारा प्रकाशमा ल्याएर गतिलो सन्देश दिएकामा सर्जक बुढालाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “समाजमा उपलब्ध यस्ता सिर्जना र प्रतिभाको संरक्षण गर्नुपर्छ ।”

लेखिका बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, शहीद परिवार र अपाङ्गताका समस्या र अवस्थालाई शब्दमा उतार्नुभएको छ । पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालविवाह, श्रम, कार्यबोझदेखि समाजमा भएका विकृति, कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्ध सङ्ग्रहमार्फत उजागर गरिएको छ ।

यसअघि बुढाले लेख सङ्ग्रह ‘कर्णालीमा महिला’ भाग–१ र २ प्रकाशन गरिसक्नुभएको छ । तेस्रो कृति ‘मुक्ति अभियान’ प्रकाशन गर्नुभएका उहाँले निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरु’ चौथो कृतिका रुपमा प्रकाशमा ल्याउनुभएको हो । बुढा नेकपा (माओवादी केन्द्र) जुम्लाबाट प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार पनि हुनुहुन्छ ।