📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष दाहालको निर्देशन

🕒 November 9, 2022

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गर्नुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

गएराति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पबाट घर भत्किँदा छजनाको मृत्यु भएको छ भने अरू ६ जना घाइते भएका छन्