📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सामुदायिक विद्यालयप्रती आकर्षण बढाउन बाल बचतमा अनुदान

🕒 November 11, 2022

इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको वचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो ।

नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यस अवधारणाले मद्दत पु¥याउने बताउनुभयो । अवधारणाअन्तर्गत विद्यार्थीले थोरै रकम आफैँ वचत गरी खातामा जम्मा गर्नेछन् । त्यसमा केही रकम नगरले अनुदान दिनेछ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भन्नुभयो, “जुन बैंकमा बालबालिकाको खाता खोलिएको हुन्छ, उक्त बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्चिनुपर्ने रकम सोही खातामा लगाइदिने गरी नगरपालिकाले बैंकलाई आग्रह गर्नेछ ।” नगरपालिका र बैंकमार्फत पाउने अनुदान विद्यार्थीले कक्षा ८ उत्तीर्ण गरेपछि मात्र प्राप्त गर्ने नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिनुभयो । विद्यार्थीले दिनहुँ रु पाँच, रु १० वा मासिक यथासक्य रकम जम्मा गर्नेछन् ।

यस कार्यक्रमले बालबालिकामा वचत गर्ने बानीको विकास हुने, उच्च शिक्षा अध्ययनको बेला खर्च सघाउ पुग्नेछ । नगरप्रमुख राई भन्नुहुन्छ, “बालबालिकाले धेरै लगानी गर्नुपर्दैन । यसमा नगरपालिकाले बोनस वा थप ब्याजदरका रुपमा अनुदान दिन्छ । तर ८ कक्षाअघि नै कोही विद्यार्थी निजी अथवा अन्य पालिका जान्छ भने त्यो अनुदान उसले पाउँदैन ।”

नगरपालिकाको २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म चार हजार पाँच सय २१ बालबालिका छन् । कक्षा छोड्ने विद्यार्थीको दर तीन प्रतिशत रहेको शिक्षा शाखा प्रमुख भट्टराईले बताउनुभयो । दीर्घकालीन उपलब्धिका रुपमा बालबालिका माथि लगानी बढाउँदै आएको ‘सूर्योदय’ प्रदेश नं १ को तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका हो ।