📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

निर्वाचनको सुरक्षा तयारी

🕒 November 14, 2022

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

उहाँले भक्तपुरमा निर्वाचनका लागि दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । यससँगै कमाण्ड, रिजर्भ र संयुक्त अनुगमन टोलीलागायत सम्पूर्ण सुरक्षाको तयारी पूरा भइसकेको उहाँले बताउनुभयो ।सबै मतदान अधिकृतलाई निर्वाचन सामग्रीसहित मतदानस्थलमा पठाउनेसमेत तयारी पूरा भएको प्रजिअ शर्माले बताउनुभयो । भक्तपुरमा ७६ मतदानस्थलमा दुई सय १९ मतदान केन्द्र छन । जिल्लामा कूल एक लाख ९२ हजार तीन सय ७२ मतदाता छन् । जसमध्ये क्षेत्र नं १ मा ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला गरी एक लाख एक हजार दुई सय ६१ मतदाता छन । क्षेत्र नं २ मा ४४ हजार आठ सय ४४ पुरुष, ४७ हजार ६२ महिला र ५ अन्य गरी जम्मा ९१ हजार एक सय ११ मतदाता छन ।