📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सरूवा रोग अस्पताल अलपत्र

🕒 November 14, 2022

दुई वर्षअघि शिलान्यास भएको मोरङ सुन्दरहरैँचा नगरपालिका-११ स्थित प्रादेशिक सुरुवा अस्पताल यतिबेला अलपत्र अवस्थामा पुगेको छ ।

कुल रु २५ करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आर्थिक वर्ष २०७६/७७ मा रु आठ करोड विनियोजन भएको थियो । तर हालसम्म काम भने सुरु हुन सकेको छैन ।
तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक/एक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गर्नुभएको थियो ।

तर अस्पतालको शिलान्यास गरिएको ठाउँ भवन निर्माण बन्न सकेको छैन । शिलान्यास गरिएको स्थानमा यतिबेला तोरी उम्रिन थालेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।

अस्पताल शिलान्यासपछि आसपास क्षेत्रमा जग्गा बिक्री बढेको थियो । अस्पताल बन्ने सम्भावना देखेर यहाँ धेरैले घडेरी किनेका थिए ।

सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा लामो समयदेखि सुकुम्बासी समेत खुसी भएका थिए । उनीहरूलाई तत्कालीन समयमा मन्त्री ढकाल, बिपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा ज्ञानेन्द्र गिरीले घरबासको व्यवस्था मिलाउने आश्वासन दिनुभएको थियो ।