📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सरकारी कार्यालयको सेवा प्रभावित

🕒 November 15, 2022

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको

छ ।

जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब एक हप्ताका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा दुई हजार चार सय १६ कर्मचारी खटाइएका छन् । निर्वाचनका लागि सङ्घ, प्रदेश, स्थानीय तहअन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयका प्रमुखहरु र शिक्षकलाई पनि खटाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

जिल्लास्थित अधिकांश कार्यालयका प्रमुखदेखि खरिदारसम्मका कर्मचारीहरु निर्वाचनमा खटिएकाले अधिकांश कार्यालयको सेवा प्रवाह प्रभावित भएको उहाँले बताउनुभयो ।

“निर्वाचनमा खटिने कर्मचारीले २९ र ३० गते निर्वाचन सामग्री बुझ्ने भएको हुँदा सेवा प्रभावित हुने निश्चित छ”, उहाँले भन्नुभयो, “निर्वाचनलाई सभ्य र व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले सरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह गर्न बाध्य पारिने छैन ।”

जिल्लास्थित अधिकांश स्थानीय तहहरुले कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवाहरु बन्द रहने सार्वजनिक सूचना नै जारी गरिसकेका छन् ।

निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृत सरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ भने नायव सुब्बा सरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । सोबाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ ।

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा एक सय १३ वटा मतदानस्थल र तीन सय दुईवटा मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठजना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आठजनाका दरले कर्मचारी परिचालन गरिएको छ ।