📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

स्वच्छ खानेपानीको अभावमाथि अर्को तिर बाँदर धपाउँदै बित्छ दिन

🕒 December 13, 2022

सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ, तोरी, आलु, प्याज, फलफूललगायत ठूलो सङ्ख्यामा आउने बाँदरले नोक्सानी गर्नाका साथै बालबच्चासमेत असुरक्षित हुन थालेपछि पिस्कर, धुस्कुन, चोकटी, तौथली र टेकानपुरका बासिन्दा दिनहुँ बाँदर लखेट्ने काममा व्यस्त हुनथालेका हुन् ।

हिउँदे बाली, तरकारी तथा फलफूल नोक्सान गरेपछि बाँदर लखेट्ने अभियान नै चलाइएको पिस्करका पृथ्वीजङ्ग पाण्डेले बताउनुभयो । वन्यजन्तु संरक्षण ऐनअनुसार बाँदर मार्न नपाइने भएकाले स्थानीयवासीको समूहले बाँदर लखेट्न समितिसमेत गठन गरेकोे उहाँको भनाइ थियोे । धुस्कुनका चन्द्रबहादुर विकका अनुसार दुई वर्षदेखि बाँदरले बढी दुःख दिन थालेको हो । उहाँले केटाकेटीलाई जोगाउनसमेत मुस्किल परेकाले बाँदर धपाउने अभियान चलाइएको बताउनुभयोे ।

स्वच्छ खानेपानीबाट वञ्चित

तीन गाउँका बासिन्दा स्वच्छ खानेपानी पिउनबाट वञ्चित भएका छन् । खानेपानीको मुहान बाढीले बगाएपछि जुगल गाउँपालिकाको पाकुका करिब दुई सय र पाङार्पुका ३६ घरपरिवार स्वच्छ पानी पिउनबाट वञ्चित भएका हुन् ।

वैकल्पिक मुहान नहुँदा यहाँका करिब डेढ सय परिवार दूषित पानी पिउन बाध्य छन् । पानीको समस्या समाधान गर्न न स्थानीय तहले चासो देखाएको छ नत खानेपानी डिभिजन कार्यालयले नै । पानीको मुहान सफा गर्न र ट्याङ्की निर्माणमा कसैले पनि तदारुकता नदेखाउँदा पाकु र पाङार्पुवासी प्रदूषित पानी पिउन बाध्य भएका हुन् । वैकल्पिक मुहान नहुँदा खेतमा गाईवस्तु र रासायनिक मल मिसिएको पानी उपभोग गर्दै आइएको स्थानीय चन्द्रकुमारी सिलवालले बताउनुभयो ।

यसैगरी इन्द्रावती गाउँपालिका–११ विषदेउटारका माझी बस्तीमा खानेपानीको धारा भए पनि पानी आउँदैन । धारामा पानी नआउँदा यहाँका ५६ परिवार खोलाको पानी बोकेर उपभोग गर्न बाध्य छन् ।

खानेपानीको भरपर्दो व्यवस्था नहुँदा धारा भए पनि पानीका लागि खोलामै झर्नुपर्ने बाध्यता रहेको स्थानीय शान्ति माझीले बताउनुभयो । आफूहरुले खोलाको छेउमै जरुवा बनाएर पानीको गर्जो टार्दै आएको जानकारी दिँदै उहाँले घरको आँगनमै भएको खानेपानीको धारा हेर्नलाई मात्र भएको उहाँले गुनासो गर्नुभयो । गाउँपालिकाको करिब रु १० लाखको लागतमा निर्माण भएको धारामा आठ महिना बितिसक्दा पनि पानी नआएको सोही ठाउँ निवासी सरिता माझीले बताउनुभयो ।

गाउँलेहरू पानीको दुःख भोगिरहन बाध्य हुनुपरेको अर्का स्थानीय रामजी माझीले बताउनुभयो । मुहान बनाउन र पानीको सहज आपूर्ति गर्न स्थानीय तहले चासो दिएको छैन । प्रदूषित पानी प्रयोग गर्दा विभिन्न सङ्क्रामक रोग लागेर उपचार गराउन ल्याउने गरेको चौतारा अस्पतालका चिकित्सक एलिजा हमालको भनाइ थियो ।