📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कृष्णसार मध्यवर्ती बनले गर्यो बृक्षरोपण तथा सरसफाई – फोटो फिचर

🕒 May 19, 2023 ✍ न्युज नेपाल संबाददाता

राजु सुवेदी,कावासोती । कृष्णसार मध्यवर्ती बनको आयोजनामा बिहिबार बृक्षारोपण तथा सरसफाई गरिएको छ ।

कावासोती नगरपालिका वाड नं ७ र १० का जनप्रतिनिधी,कृष्णसार मध्यवर्ती बनका पदाधीकारी,गोल्डेन गेट ईन्टरनेशनल कलेज काठमाडौंका बिद्यार्थी तथा शिक्षक लगायतको उपस्थीतिमा कृष्णसार मध्यवर्ति बनको कार्यालय परिसर र बोटे टोल बनभोज स्थलमा बृक्षरोपण गरिएको बनका अध्यक्ष रिसि चापागाईले जानकारी दिए ।

जिल्ला बन कार्यलय नवलपुर र आईसलेन्ड जङ्गल रिसोर्टले उपलब्ध गराएको झण्डै सय वटा बिभिन्न जातका बिरुवा रोपिएको थियो ।

बृक्षरोपण पश्चात बनका पदाधीकारीले मध्यवर्ती बनको बाहिरी भागको सरसफाई समेत गरेका थिए । झण्डै एक ट्याक्टर फोहोर संकलन गरिएको बन कार्यसमिति सदस्य केशब सुनुवारले जनाए ।

लामीचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले गएको मंगलबार बिभिन्न संस्था मिलेर नमुना मध्यबर्ति बन, कृष्णसार मध्यबर्ति बन र नारायणी नदि किनारको फोहोर समेत उठाएको थियो ।

ग्रिन चुवाडी होमिस्टे, बिदेह फाउन्डेसन,गोल्डेन गेट इन्टेरनेसनल कलेज काठमाडौं,सफल बेकरी स्मार्ट लिङ्क कावासोती शाखाको सहयोगमा नेचर गाईड एसोसिएसन नवलपुर ,चिलाहा रतौल होमिस्टे, सिबिएपियु लामीचौर उपभोक्ता समिति,भगबति युवा कल्ब,जनजागृती थारु महिला समुह बोटे टोल, नेपाली सेना , कावासोती साईकल ग्रुप र कृष्णसार मध्यवर्ती बनका सदस्यहरुको सहभागीतमा सरसफाई गरिएको जनाएको छ ।