📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ओलीलाई नेपालको व्यङ्ग्य: आफूलाई सर्वज्ञानी ठान्दा सबै गुम्यो

🕒 May 22, 2023

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा एमाले अध्यक्ष केपी ओलीप्रति आक्रामक देखिएका छन्।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथि आफ्ना धारणा राख्ने क्रममा नेपालले एमाले अध्यक्ष ओलीलाई आफ्नै कारणले दुःख पाएको भन्दै व्यङ्ग्य गरे। उनले भने‘अरुलाई घोचपेच गरेर मात्र हुँदैन्। आफ्नो पिडा व्यथा पोखेर मात्र हुँदैन्।

सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो। किन बस्न सकिएन त्यसको पछाडी पनि अरुलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्क्यो त्यसको लागि अरुलाई सत्तो सराप गरेर हुँदैन।

सबै भन्दा ठुलो समस्या व्यक्तिबादको रोग हो। आफुलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो।’उनले ओलीले आफूलाई सर्वज्ञ तथा सर्वश्रेष्ठ ठान्दा समस्या भएको दोहो-याए ।