📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ओडिशा रेल दुर्घटना : मृत्यु हुने २८८ पुगे

🕒 June 4, 2023 ✍ न्युज नेपाल संबाददाता

नयाँदिल्ली — भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । ८ सय ३ जना घाइते छन् ।

बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन् । पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो । यात्रुवाहक रेल कोरोमन्डल एक्सप्रेसको १२ वटा डिब्बा रेल्वे लिकबाट बाहिरिएर पल्टिएको थियो । त्यही बेला अर्को रेल्वे लाइनबाट बेंगलरुबाट आइरहेको अर्को रेल पहिला नै उछिटिएको रेलका डिब्बासँग ठोक्किन पुगेको थियो । तेस्रो रेल यशवंतपुर–हावडा एक्सप्रेस हो । दुर्घटनापछि उक्त ट्रेनको १७ वटा डिब्बा लिकबाट तल आएको थियो । मिडिया रिपोर्टका अनुसार राति १० बजेतिर मात्रै दुर्घटनाको खबर आएको थियो ।

कोरोमन्डल एक्सप्रेस मेनलाइन छाडेर लुप लाइनमा प्रवेश गर्दा मालवाहक रेलसँग ठोक्किन पुगेको थियो । तर, कसरी उक्त रेल मेन लाइनबाट अर्को लाइनमा पुग्यो र दुर्घटना भयो भन्ने अझै खुलिसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अपराह्न ४ बजे घटनास्थलमा पुगेर दुर्घटनाबारे जानकारी लिनुका साथै घाइतेहरूलाई भेटेका छन् । रेलमन्त्री अश्विनी वैष्णव पनि घटनास्थलमै छन् । सरकारले मृतक परिवारलाई १० लाख भारतीय रुपियाँ दिने घोषणा गरेको छ । त्यस्तै घाइतेहरूलाई २ लाख भारु दिने घोषणा गरिएको छ ।

बेंगलरु–हावडा सुपरफास्ट ट्रेन बिहीबार बिहान साढे ७ मा बेंगलरुको यशवंतपुर स्टेसनबाट हिँडेको थियो । अर्को दिन शुक्रबार बेलुका ८ बजे हावडा पुग्नु थियो । त्यस्तै, शालिमार–चेन्नईको सेन्ट्रल कोरोमन्डल एक्सप्रेस शुक्रबार अपराह्न ३ बजेर २० मिनेटमा हावडाबाट खुलेको थियो । उक्त ट्रेन शनिबार अपराह्न ५ बजे चेन्नई पुग्ने समयतालिका थियो । तर दुवै यात्रुवाहक रेल दुर्घटनामा परेका हुन् । उक्त रुटमा रेलको गति प्रतिघण्टा १३० किलोमिटर हुन्छ । दुवै रेलको गति १२५–१२८ किलोमिटर प्रतिघण्टा थियो । दुर्घटनापछि त्यस रुटमा चल्ने दर्जनौं रेललाई स्थगित गरिएको छ । नेपाली दूतावासले दुर्घटनामा कोही नेपाली परेको बारे शनिबार साँझसम्म कुनै जानकारी प्राप्त नभइसकेको बताएको छ ।