📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नारायणघाट डण्डा रुटमा सार्वजनिक यातायातको यात्रु झुक्याउने धन्दा

🕒 July 8, 2023 ✍ न्युज नेपाल संबाददाता

अजय पौडेल /गैडाकोट । पुर्व पश्चिम राजमार्ग को नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश सार्वजनिक यातायातले आफ्नो अगाडीको भागमा राखेको सूचनाले अधिकांश यात्रुहरु झुकिने गरेका छन ।

काठमाडौ जानका लागि कावासोती–११ को लोकाहामा बसको पर्खाईमा बसेका कमल नेपालीले बुटवल काठमाडौ लेखिएको बस देखे पछि हात दिएर रोके । जब भाडा तिर्ने बेला भयो अनि उनलाई थाहा भयो आफू चढेको बस नारायणघाट सम्म मात्रै जाने रहेछ । रिजाल जस्तै लामो दुरिको यात्रामा निस्किएकाहरु बसको अगाडी राखिने यस्ता गलत सूचनाले दैनिक जसो झुक्किने गरेका छ्न ।

नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश लोकल बसहरुको अगाडिको देखिने भागमा ठुला अक्षरमा लामो दुरि जाने सूचना हुन्छ, त्यो देखेर बस चढेनहरु पुर्वमा नारायणघाट र पश्चिममा डण्डा गएर अर्को बस चढनु पर्ने बाध्य्ता आईलाग्छ । यस्ले समयमा गन्तव्यमा पुग्नु पर्नेलाई त समस्या बनाएकोनै छ भने बालबालिका र धेरै सामान सहित यात्रा गर्नेहरुलाई दुख समेत थपिने गरेको छ ।

ठूलो र देखिने अक्षरमा टाढाको अर्थात लामोदुरीको गन्तव्य र सानो अक्षरमा वास्तविक गन्तव्य लेखेकै कारणले लामो दुरिको यात्रामा निस्किएका अधिकांश समस्यामा पर्ने गरेका गैंडाकोटका सुजन अधिकारीले बताए । विषेश गरेर जेष्ठ नागरिक तथा महिलाहरु यस्तो समस्यामा धेरै पर्ने गरेको उनी बताउछ्न । “लोकल बसले अरुणखोला देखि पश्चिम हुदैं बुटवल जान बाटोमा निस्किएका यात्रुलाई समेत चढाउछ्न अनि कावासोती पुगे पछि गाडी फेर्ने झमेलामा पार्ने गरेका छ्न”, उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले यस किसिमको काम गर्न नमिल्ने बताउनुहुन्छ । सवारी साधनको अगाडी रुट प्रमटि नभएको ठाउँ उल्लेख गर्न नपाईने बताउदै प्रमुख पौडेलले नारायणघाट डण्डामा सार्वजनिक यातायात सन्चालन गर्ने व्यवसायीहरु सँग यस क्षेत्रमा देखिएका समस्याहरुको विषयमा आफुहरुले छलफल समेत गरेको जानकारी दिए । ‘त्यसरी लेखेर यात्रुलाई झुक्कायाउने गरेको भए हामी कार्वाही गर्छौ, पौडेलले भने ।

यस रुटमा चल्ने सार्वजनिक यातायातमा यात्रुलाई समस्या नहुने गरेर यातायात सन्चालन गर्न व्यवसायीहरुको ध्यानाकर्षण गराईएको उनको भनाई थियो । नियम विपरीत कसैले यात्रुलाई समस्यामा पार्ने गरि यातायात सन्चाल गरे नियमानुसार कार्वाही हुने पौडेल बताउछन ।