📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

एस.ई.ई नतिजामा कावासोती नगर टपेको ज्ञानोदय मा.वि. ले गर्यो उत्तिर्ण विद्यार्थीलाई सम्मान

🕒 July 11, 2023 ✍ न्युज नेपाल संबाददाता

कल्पित सुवेदी कावासोती, असार २६ । सामुदायिक बिद्यालयतर्फ कावासोती नगरपालिकाकै उत्कृष्ट नतिजा ल्याएको ज्ञानोदय मा.वि.ले आफ्नो बिद्यालयबाट एस.ई.ई उत्तिर्ण बिद्यार्थीलाई सम्मान गरेको छ ।

कावासोती नगरपालिका वडा नं ८ मा अवस्थित ज्ञानोदय मा. वि. बाट ६४ जना बिद्यार्थी २०७९ को एस ई ईको परिक्षमा सहभागी भएका थिए । ज्ञानोदय मा वि बाट एस ई ई मा सहभागी छात्रा स्मारीका भण्डारीले ३.८५ ग्रेड पोईण्ट हासील गरेको र उक्त अकंनै नगरका सामुदायिक विद्यालयका बिद्यार्थीहरुले प्राप्त गरेको सबैभन्दा उच्च अंक रहेको बिद्यालयका प्रधानध्यापक चेतनाथ अधिकारीले जानकारी दिनुभयो ।


ज्ञानोदयबाट उच्च ग्रेड पोईण्ट हासिल गर्ने स्मारीका भण्डारी ३.८५ र अश्विन भट्टराई ३.७५

एस ई ई मा सहभागी ६४ जना बिद्यार्थी मध्य ३.६ देखी ४ जिपिए ग्रेड पोईण्ट ल्याएर ७ जना, ३.२ देखी ३.६ जिपिए ग्रेड पोईण्ट ल्याएर १३ जना, २.८ देखी ३.२ जिपिए ग्रेड पोईण्ट ल्याएर १७ जना, २.४ देखी २.८ जिपिए ग्रेड पोईण्ट ल्याएर १५ जना, २.० देखी २.४ जिपिए ग्रेड पोईण्ट ल्याएर ९ जना र १.६ देखी २.० जिपिए ग्रेड पोईण्ट ल्याएर ३ जना बिद्यार्थी उत्तिर्ण भएका परिक्षा सयोंजक मिलन अर्यालले जानकारी दिनुभयो ।

एस.ई.ई मा उत्कृष्ठ नतिजा आए सगै बिद्यालयको गे्रड पोईण्ट पनि बढेको छ । विद्यालयले २.८६६ ग्रेड पोईण्ट प्राप्त गरेको र त्यो नै नगरका सामुदायिक विद्यालय मध्यको पहिलो रहेको प्रधानध्यापक अधिकारीले बताउनुभयो । सम्मान कार्यक्रममा प्रधानध्यापक अधिकारीले सबै उत्तिर्ण छात्र छात्रालाई उच्च शिक्षाको शुभकामना दिदै बिद्यार्थीले गरेको मिहनेत र शिक्षकले गरेको प्रयासबाट उत्कृष्ठ नतिजा आएको भन्दै सबैलाई धन्यवाद दिनुभएको थियो ।

एस ई ई को नतिजामा बिज्ञान विषयमा ए प्लस ल्याउने १३ जना बिद्यार्थीलाई बिज्ञान शिक्षक उमाकान्त भट्टराईले नगद सहित छुट्टै सम्मान गर्नुभएको थियो । २०४० सालमा स्थापना भएको बिद्यालयमा नर्सरी देखी १२ कक्ष सम्म अध्यायन हुँदै आएको छ । प्लस २ मा म्याथ एजुकेसन र आर्टसको पढाई हुने साहायक प्रधानध्यापक नारायन पान्डेले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा शक्षक अभिभाबक संघका अध्यक्ष घनलाल भट्टराई ,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि प्रसाद सुवेदी, एस ई ई उत्तिर्ण बिद्यार्थी र तिनका अभिबाबक ,शिव्क लगायतको उपस्थिती थियो ।