📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा लिलाम गर्दै निकुञ्ज, स्थानियले पाउनु पर्छ : सामुदायिक वन

🕒 August 7, 2023 ✍ न्युज नेपाल संबाददाता

कावासोती । पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि जनाएका छ्न ।

सडक बिस्तारका क्रममा काटिएका काठ दाउरा लामो समय सम्म स्थानिय सामुदायिक वनमा घाट गद्दी गरेर राखिएको थियो । कटान गरि घाट गद्दी गरेर राख्ने बेला प्रक्रिया पुर्‍याएर स्थानिय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो ।स्थानियले संरक्षण गरेको सामुदायिक वनको काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण नगरी लिलाम बढाबढ गरेर बिक्री बितरणका लागी निकुञ्जले सूचना निकालेर प्रक्रिया अगाडि बढाएको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि व्यक्त गरेका छ्न । निकुञ्जले काठ दाउरा लिलाम बिक्री गर्न सूचना निकालेर अगाडि बढी सकेको भए पनि बाटो बिस्तारको क्रममा सामुदायिक वनमा काटिएका काठ दाउरा आफुहरुले पाउनु पर्ने र नपाए आन्दोलन गर्ने सामुदायिक वनहरुले जनाएका छ्न ।

लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा आईतबार लामिचौर उपभोक्ता समिति अन्तर्गत पर्ने कुढौली मध्यवर्ती सामुदायिक वन, राजरत्न मध्यवर्ती सामुदायिक वन र शान्ती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सहितका पदाधिकारीको बैठकले बाटो बिस्तारका क्रममा काटिएका काठ दाउरामा स्थानिय सामुदायिक वन र तिनका उपभोक्ताको अधिकार हुने भएकाले लिलाम प्रक्रिया रोकेर तत्काल कटान गरिएका काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण गर्न माग गर्ने निर्णय गरेको छ । बैठकले निकुञ्जले आफुहरुको मागलाई बेवास्ता गरेर अगाडि बढे रेन्ज पोस्ट, पश्चिम सेक्टर कार्यालय तथा निकुञ्ज कार्यालय घेर्ने, सडक आन्दोलन गर्ने तयारी जुटन आम उपभोक्तालाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।

कटान गर्ने बेला काटिएका काठ दाउरा स्थानिय सामुदायिक वनलाई दिने मौखिक सहमति भएको भए पनि अहिले आएर चितवन राष्ट्रिय निकुञ्जले काठ दाउरा लिलाम बिक्री गरेर वन संरक्षण स्थानिय सामुदायिक वनका उपभोक्ता प्रती अन्याय गरेको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए । ‘वन संरक्षण उपभोक्ताकै कारणले भएको हामीले बिर्सनु हुदैन, बाटो बिस्तारको क्रममा काटिएका काठ दाउरा सामुदायिक वन मार्फत उपभोक्तालाई दिनु पर्छ’, पौडेलले भने ।

सामुदायिक वनहरुले वार्षिक कार्ययोजना अनुरुप काठ दाउरा पाईरहेकाले बाटो बिस्तारको क्रममा काटिएका काठ दाउरा निकुञ्जले लिलाम बिक्री गरेर राजस्वमा जम्मा गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बताए । काटिएको काठ दाउरा सडकको क्षेत्र भित्र पर्ने भए पनि सडक आयोजनाले आफुहरुलाई हस्तान्तरण गरेकाले नियमानुसारनै काठ दाउरा लिलाम बिक्रीका लागि आह्वान गरिएको तिवारीले बताए । निकुञ्जले जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब चार वर्ष अगाडि काटेर राखिएको १२ हजार १ सय ४४ क्युब फिट गोलिया काठ, ५७ थान पोल र साल मिश्रित ९८.५ चट्टा दाउरा लिलामको लागि २१ दिनको म्याद राखेर गत असार २५ गते सूचना निकालेको थियो ।