📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कावासोती वडा नं ७ का माछापालक किसानलाई वडाले ८ लाख बराबरको दाना बितरण

🕒 March 18, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती | माछापालनको हब बन्दै आएको कावासोती नगरपालिका वडा नं ७ का माछापालक किसानलाई वडाले ८ लाख बराबरको दाना बितरण गरेको छ । आईतबार एक कार्यक्रम गरेर ब्याक्तिगत तथा समुहगत रुपमा माछापालनमा सक्रिय किसानहरुलाई वडाले ११ हजार ६ सय ७८ केजी दाना बितरण गरिएको वडा अध्यक्ष गोबिन्द प्रसाद महतोले जानकारी दिनुभयो ।

दिगो आयआर्जन र माछापालनमा अत्मनिर्भर होस भनेर ५० प्रतिशत लागत वडाले बेहोरेर दाना बितरण गरिएको सचिब रेनुका चालिसेले बताउनुभयो । वडा नं ७ कृष उर्भर भुमि भएकोले यस भन्दा अगाडीपनि वडाले मकैको बिउ,आलुको बिउ , गहुको बिउ धानको बिउ लगायतको बितरण गर्दै आएकोमा यसपाली माछापालक किसानलाई लक्षित गरि ४ लाख वडाले र ४ लाख किसानले बेहोर्ने गरेर ११ हजार ६ सय ७८ केजी दाना बितरण गरिएको सचिब चालिसेले बताउनु भयो ।

कावासोती ७ को अधिकांस क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यबर्ति सग जोडिएको र जङ्गली जनावरले बाली खाने प्रमुख समस्याले गर्दा किसानहरु माछापालनमा आर्कषित भएका छन् । यस्तोमा माछापालक किसानलाई लक्षित गरेर वडाले दाना बितरण गर्दा आफुहरु खुशि भएको नमुना कृष्णसार माछापालक समुहका अध्यक्ष देबराज सुब्बाले बताए । आउने दिनमापनि वडाले यसरीनै माछापालक किसानलाई राहात हुनेगरी काम गर्नेमा आफुहरु आसाबादी रहेको सुब्बाले बताए ।