📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

एमाले अध्यक्ष ओली आज नवलपुर आउने

🕒 April 8, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली नवलपुर आउने भएका छन् ।

नेकपा एमाले नवलपुरको नवौ जिल्ला अधिवेशनको उद्घाटन गर्न पाटी अध्यक्ष ओली नवलपुर आउने संयोजक मुक्तिराम पाण्डेले जानकारी दिए । आज र भोली चैत्र २६ र २७ गते चल्ने एमाले नवलपुरको अधिवेशनमा ७५१ प्रतिनिधी सहित पर्यावक्षक सहभागी हुदैछन् ।

टाढाका प्रतिनिधी हिजै आईसकेको र सम्पुर्ण तयारी पुरा भएको संयोजक पाण्डेले जानकारी दिए । अधिवेशन बाट चुनिने नेतृत्व भने यहापनि प्रदेशमा देखीएको गुटले प्रभाब पार्ने एमालेकै नेता बताउछन् । खासगरी जिल्लामा पनि पृथ्वी सुब्बा गुरुङ्ग लाईन र खगराज अधिकारी लाईन भएर उम्मेदवारीमा आकांक्ष देखाउने तथा उम्मेदवारीको तयारी भएको बुझिएको छ ।

नेतृत्वको लागी हालका अध्यक्ष मुक्तिराम पाण्डे , होमनाथ जैसी, भिम कडेल लगायतका नाम चर्चामा रहेका छन् । पाण्डे पिएस समुहका एक्ला दाबेदार उम्मेदवार मानिन्छन् भने उनले पुरा कार्याकाल बिताउन नपाएको भन्दै पुन दोहोरिने बताउदै आएका छन् । आठौ जिल्ला अधिवेशनमा नेतृत्वमा गुटगत लाईन हावी भएपछि तेस्रो पक्षलाई नेतृत्व सुम्पीएको थियो ।

आठौ जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएपछि जिल्लाकै उत्कृष्ट मानिएको मध्यविन्दु क्याप्सको प्रमुखबाट राजिनामा दिएका थिए पाण्डेले । नेतृत्वका अर्का आकांक्ष्ी जिल्ला सचिवालय सदस्य होमनाथ जैसी र जिल्ला उपसचिब भिड कडेल रहेका छन् । दुवैजन खगराज लाईनका मानिन्छन् ।

आठौ अधिवेशनलाई लिएर रुष्ट देखीएका सविधना सभाका सदस्य जिवन श्रेष्ठपनि यसपलि सर्व सहमतिबाटै आफुले नेतृत्वको चाहाना राखेको एमाले श्रोत बताउछ भने श्रेष्ठ आफैलेपनि पर्ख र हेर को रणनितीमा आफु रहेको बताउदै आएका छन् । सम्मेलनका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान एमालेले गरेको छ ।

सम्मेलनले १०५ सदस्सीय जिल्ला कमिटि चयन गर्नेछ । जिल्ला कमिटिमा १५ प्रतिशत युवा र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने संयोजक पाण्डेले जानकारी दिए । कावासोतीमा रहेको पानस ब्याङक्वेटमा आज दिउसो १२ बजे आलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।