📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

छिपछिपे सहकारीका पीडितले निवेदन दिन अनुरोध

🕒 April 10, 2024 ✍ न्युज नेपाल संबाददाता

पूर्वी नवलपरासी — संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको रकम हिनामिना गरिएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितले प्रमाणसहित निवेदन दिन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

उक्त संस्थामा बचत गरेकाहरुले साँवा-ब्याज सहितको रकम फिर्ता नपाएको भए अनुसन्धान प्रयोजनार्थ प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन अनुरोध गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले सोमबार जारी गरेको सूचनामा बचत फिर्ता लिन पर्नेहरुले आ-आफनो पास बुक, नागरिकताको फोटो कपीसहित निवेदन दिनुपर्ने उल्लेख छ । त्यही प्रमाणका आधारमा अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

उक्त सहकारीको व्यवस्थापक तथा पूर्वअध्यक्ष योगेन्द्र पाण्डे समेतले रकम हिनामिना गरेको तथ्य र प्रमाणका आधारमा अनुसन्धान सुरु भएको र त्यसमा सघाउन बचतकर्तालाई अपिल गरेको छ ।

छिपछिपे सहकारी संस्थामा अध्यक्ष र व्यवस्थापक एउटै व्यक्ति योगेन्द्र पाण्डे रहँदा करिब १० करोड हिनामिना गरेको आशंकामा अनुसन्धान सुरु गरिएको छ । पाण्डे एउटै व्यक्ति करिब ८ वर्ष उक्त संस्थाको अध्यक्ष र व्यवस्थापक हुँदा व्यापक आर्थिक अनियमितता भएको चर्चा छ ।

बचतकर्ताले रकम फिर्ता नपाएपछि अख्तियारमा उजुरी गरेका थिए । अख्तियारले छानबिनका लागि आग्रह गरेका कारण गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयले छानबिन गर्दा त्यहाँ अनियमितता भएको फेला पारेको हो ।

हरेक महिना हिसाब हेर्ने सहकारी रजिस्टारको कार्यालयको समेत मिलोमतो रहेको बचतकर्ताको आरोप छ । – नारायण शर्मा