📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बैदेशिक रोजगारमा गएका युवाहरुको परिबारका दिदिबहिनीहरुलाई एक महिने ब्युटिसियन तालिम नवलपुरमा सुरु

🕒 April 16, 2024 ✍ न्युज नेपाल संबाददाता

बैदेशिक रोजगारमा गएका युवाहरुको परिबारका दिदिबहिनीहरुको उद्यमशिलता विकासका लागी एक महिने ब्युटिसियन तालिम नलपुरमा सुरु भएको छ ।

रिटर्नी माईग्रेट नेपालको आयोजनामा जिल्लाको मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकामा सोमबार देखी सुरु भएको तालिममा दुई नगरपालिकाका करिब ५० जना महिला सहभागी भएका छन् ।

प्रवासबाट आर्जित सीप, ज्ञान र पुंजी स्वदेशका लागी भन्ने मुल नाराका साथ सन्चालित तालिमको मध्यविन्दु नगरपालिकामा नगरकी उपप्रमुख पुर्णकला चौधरीले उद्घाटन गर्नुभएको थियो भने कावासोती नगरपालिकामा कावासोती नगर उप प्रमुख फुल कुमारी थनेतले उद्घाटन गर्नुभएको थियो ।

मध्यविन्दु नगरपालिका ७ चोरमाराको ईन्टरनेशनल ब्यटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा सन्चालित एक महिने तालिमको उद्घाटन गर्दै मध्यबिन्दु नगरपालिका की उपप्रमुख पुर्णकला चौधरीले यस्ता कार्यक्रमले महिलालाई अझ शशक्त र आफैमा आत्मनिर्भर हुन सहयोग पुर्उने भन्दै सहभागीहरुलाई बिचैमा तालिम नछाड्न आग्रह गर्नुभएको थियो ।


त्यसैगरी बिशेस अतिथि रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र नारायण थनेतले आफुहरुले स्थापना कालदेखीनै स्वदेशमा आत्मनिर्भर बनाउने उद्यश्यले बिभिन्न कार्यक्रम गर्दै आएको र यसपाली बैदेशिक रोजगारमा गएका युवाहरुको परिबारका दिदिबहिनीहरुको उद्यमशिलता विकासका लागी एक महिने ब्युटिसियन तालिम नलपुरमा सुरु गरेको बताउनुभएको थियो ।

नवलपुरको मध्यबिन्दु र कावासोतीमा सुरु भएको र बाकी देबचुली नगरपालिका र गैंडाकोट नगरपालिकामा पनि छिट्टै सुरु गरिने जानकारी दिनुभएको थियो । एक महिने तालिम पश्चात प्रशिक्षर्थीलाई सिटिईभिटीका प्रतिनिधीको रोहबरमा परिक्षा दिलाई तह १ को प्रमाणपत्र पनि दिलाउने थनेतले जानकारी दिनुभयो ।

दुबै पालकामा सन्चालित तालिमको आयोजक रिटर्नी माईग्रेट नेपाल रहेको छ भने समन्वय राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुर र सहकार्य सम्बन्धित पालिकाले गरेको रिटर्नी माईग्रेट नपाल जिल्ला कार्यासमिति नवलपुरका अध्यक्ष रेशम खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा रिटर्नी माईग्रेट नेपाल नवलपुरका पदाधीकारी तथा सन्चारकर्मीको उपस्थीति थियो ।